अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

‘कृष्ण–लीला’ मा यस्ता पुष्प

बिआरटीनेपाल २०७७ फागुन २९ गते ९:४० मा प्रकाशित

काठमाडौँ, नयाँ वर्ष ०७८ को कोसेली स्वरूप चैत्र २७ मा प्रदर्शन हुने तयारीमा रहेको प्रतीक्षित फिल्म ‘कृष्ण–लीला’ फस्र्टलुक पोस्टर सार्वजनिक भएको छ । यसअघि ‘कुनै दिन यस्तो पनि..’ र ‘डियर बन्न मन छ’ बोलका गीतका कारण चर्चामा रहेको फिल्मको फस्र्टलुकमा अभिनेता पुष्प खड्का भिन्न अवतारमा देखिएका छन् ।

दीपक ओली निर्देशित फिल्मको सार्वजनिक पोस्टरले दर्शकमा कौतुहलता जगाएको छ । अभिनेता पुष्पलाई मात्र प्रस्तुत गरिएको पोस्टरमा एंग्री बर्डको टिर्सट लगाएका उनको हातमा डटपेनले कोरेको घडी देखिन्छ भने लहराले बनाएको चस्मा पहिरिएका छन् । उनको यो भिन्न ‘लुक’ र ‘गेट अप’ ले अहिले बजार तातेको छ । पुष्पको ‘लुक’ बारे निर्देशक ओलीको संक्षिप्त प्रतिक्रिया छ । उनी भन्छन्, ‘फिल्ममा केही विशेष अवश्य छ । त्यसका लागि चैत्र २७ सम्म कुर्नै पर्छ ।’

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्ममा पुष्पका साथमा बुद्धि तामाङ,रवीन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ,आयुष गुराँगाई,आयुषा क्षेत्री,पीताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ अनि सह निर्मातामा पीताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

आरआर फिल्म प्रोडक्सनले वितरण गर्ने फिल्म शिव ढकाल र बाबु श्रेष्ठ (एक गीत) ले खिचेका हुन् । इलाम, झापा र पाँचथरका विभिन्न स्थानमा खिचिएको फिल्मको लेखन लक्ष्मण सुवेदी, द्वन्द्व श्री श्रेष्ठ,सङ्गीत अर्जुन पोखरेल र कोरियोग्राफी रामजी लामिछानेको छ । फिल्म अद्भुत प्रेमकथामा रहेको बुझ्नमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू