अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

सेनेगलमा विपक्षी नेता पक्राउको विरोधमा भड्कियो हिंसा, ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:३५ मा प्रकाशित

पश्चिम अफ्रिकी मुलुक सेनेगलमा विपक्षी नेता पक्राउको विरोधमा हिंसा भड्कंदा चार जनाको मृत्यु भएको छ ।सार्वजनिक नियमको अवज्ञा गरेको अभियोगमा ओस्मान सोन्को पक्राउ परेपछि राजधानी डरलगायतका शहरमा केही दिन यता लगातार प्रदर्शनहरु भैरहेका छन् । ४६ वर्षिय सोन्कोको रिहाइको माग गर्दै भैरहेको प्रर्दशनमा प्रहरीले बल समेत प्रयोग गरेपछि प्रदर्शन थप उग्र बनेको छ ।

सोन्कोमाथि बलात्कारको आरोप पनि लागेको छ । उहाँले आफुमाथिका आरोपहरु राजनीति प्रेरित रहेको बताउनुभएको छ । पश्चिम अफ्रिकी मुलुककै अन्यन्तै शान्त मुलुक सेनेगलमा भड्किएको हिंसालाई लिएर संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै सबैलाई शान्त रहन आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू