अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

श्रीकृष्ण लुइँटेल बोकेदारीले ल्याए ‘मर्गेली हम’

बिआरटीनेपाल २०७७ फागुन २१ गते ९:४५ मा प्रकाशित

इटहरी । नेपाली सङ्गीत आकाशमा माया, प्रेम र बिछोडका गीतले ढाकिएको छ । कुनै बेला थियो कमेडी गीतले पनि बजार तात्ने । अहिले, कमेडी गीतको बजार लाग्नै छाड्यो भन्दा फरक नपर्ला । तर, यदाकदा भने कमेडी गीत अहिले पनि सार्वजनिक भइरहेका छन् । यस्तैमा कलाकार तथा कमेडी गीत गाउँदै ‘बोकेदारी’ उपनाममा लोकप्रिय भएका श्रीकृष्ण लुइँटेलले कमेडी गीत युट्युबमा सार्वजनिक गरेका छन् । लुइँटेल यति बेला आफ्नो कठिन अवस्थालाई पनि सहजता तुल्याउँदै हास्य शैली समालेर निरन्तर लागिरहेका छन् ।

उनका गीतमा कमेडीका कुरा मात्रै नभएर केही समसामयिक सन्देश तथा जनजीवनका कुराहरू समेटिएका हुन्छन् । सुरुवातदेखि अहिलेको अवस्था सम्मपनी उनी आफ्नो हास्य विधाबाट अलिकति पनि नडगमगाई अघि बढ्दै सफलता कमाइरहेका छन् । सार्वजनिक उनको स्वरमा रहेको ‘मर्गेली हम’ गीतमा पनि सामान्य जनजीवनमा भइपरी आउने घटनाक्रमलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । हेर्नुस् सो गीतको भिडियो यस्तो वनेको छ ।

थारु भाषाबाट ‘मर्गेली हम’ शब्द सापटी लिएर भजन शैलीलाई पनि गीतमा समावेश गर्दै जँड्याहा परिवारको पोल खोल्दै गरिबी भित्र पिल्सिएर महँगीमा नेपालीले भोग्नुपरेको कथाब्यथालाई पनि गीतमा रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा तास खेल्नेहरूको पनि विरोध गरिएको छ । धन र निधनको कुरा गर्दै मान्छेको मरण भएपछिको प्रसङ्गमा ‘अब आउने पीढीले के सिक्छ ?’ भन्दै प्रश्न खडा गरिएको छ ।

५ मिनेट २ सेकेन्ड लामो गीत कमेडी धारको भएपनी गहन विषयमाथि तयार गरिएको छ । गीतका शब्दहरू हरि गोपाल अधिकारीले कोरेका छन् भने सङ्गीत श्रीकृष्णले नै भरेका छन् । जोनि योञ्जनले एरेन्ज गरेको गीतलाई सनलाईट म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोमा श्रीकृष्ण आफै फिचर्ड छन् भने उनी सँगै कृष्ण भण्डारी लगायत अन्य कलाकारहरू पनि देखिएका छन् ।सुवास लिम्बू मेन्यान्बोले छायाङ्कन तथा सम्पादन गरेको भिडियोलाई रोहित लाम्गादेले निर्देशन गरेका हुन् । भिडियोलाई लुइँटेलको आफ्नै ‘बोके दारी मिडिया अफिसियल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू