अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ फागुन ६ गते ७:२५ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङक्रमितको सङ्ख्या २ लाख ७३ हजार एक सय ६६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय ३ रहेको छ । पछिल्लो २४ घण्टामा थप एक सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म २ लाख ६९ हजार ५ सय ५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना सङ्क्रमितको निधन भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या २ हजार ५८ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू