अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

संसद पुनस्र्थापना हुनुपर्छ– कांग्रेस वरिष्ठ नेता पौडेल

बिआरटीनेपाल २०७७ फागुन ६ गते ७:२३ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा पुर्नगठन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा विघटन असंवैधानिक हो भनेर सबैले भनिसकेको अवस्थामा कांग्रेसले अदालतको निर्णलाई पर्खिनुको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभयो । उहाँले पार्टि सभापति देउवा तर्फ ईङ्कित गर्दै आफ्नै पार्टिका ठूला नेताले दोधारे प्रवृत्तिको कुरा गरिरहेकाले कार्यकर्तामा समेत भ्रम सिर्जना भएको बताउनुभयो ।

पछिल्लो समयमा नेपाली काँग्रेससँग ठोस नीति तथा कार्यक्रम भए पनि नैतिकवान् नेताको खडेरी पर्नगएकोले नेपाली जनताले जानकारी दिनुभयो । नेता पौडेलले नेपालको जनजातिमध्य सबैभन्दा धेरै जनसंख्या भएको मगर समुदायका मुद्धाहरुलाई पनि आफुँले प्राथमिकतामा राखेको बताउँदै आँफुले सकेको स्थानमा सबैलाई स्थान दिएको जिकिर गर्नुभयो । उहाँले गण्डकी प्रदेशका धेरै जसो जिल्लाका पार्टि सभापति मगर समुदायकै रहेकोले पनि कांग्रेस सबै जातिको साझा पार्टि भएको दावि गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू