अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 22:45

बाइडेनले उल्टाए ट्रम्पका आप्रवासी सम्बन्धी निर्णय

बिआरटिनेपाल संवाददाता न्यु योर्क २०७७ माघ १७ गते १७:०९ मा प्रकाशित

ह्वाइट हाउस प्रवेश गरेको २ साता नबित्दै अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आप्रवासीसम्बन्धी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय उल्ट्याउन सुरु गरेका छन् । उनले शुक्रवार ४२ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । त्यसमा आप्रवासीलाई राहत पु¥याउने ५ वटा कार्यकारी आदेश छन् ।

बाइडेनले हस्ताक्षर गरेका आप्रवासीसम्बन्धी कार्यकारी आदेशमा ‘प्रिजर्भिङ एण्ड फोर्टिफाइङ डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स’, ‘प्रोक्लेमेशन अन इन्डिङ डिस्क्रिमिनेटरी ब्यान्स अन इन्ट्री युनाइटेड स्टेट्स्’, ‘एक्जेकेटिभ अर्डर अन द रिभिजन अफ सिभिल इमिग्रेसन इन्फोर्समेन्ट पोलिसिज एण्ड प्रायोरिटिज’, ‘प्रोक्लेमेशन अन टर्मिनेशन अफ इमेर्जेन्सी विद रेस्पेक्ट टु द साउर्दन बोर्डर अफ द युनाइटेड स्टेट्स एण्ड रिडाइरेक्सन अफ फण्डस् डाइभर्टेड टु बोर्डर वाल कन्स्ट्रक्सन’ र ‘रिइन्सटेटिङ डिफर्ड इन्फोस्र्ड डिपार्चर अफ लाइबेरियन्स्’ छन् ।

‘प्रिजर्भिङ एण्ड फोर्टिफाइङ डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स’ ले बाल्यकालमा अमेरिका छिरेका कागजात विहीन आप्रवासीलाई सुरक्षा प्रदान गर्छ । ट्रम्पले उनीहरूलाई सुरक्षा प्रदान गर्ने डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स (डाका) खारेज गर्ने प्रयत्न गरेका थिए ।

‘प्रोक्लेमेशन अन इन्डिङ डिस्क्रिमिनेटरी ब्यान्स अन इन्ट्री युनाइटेड स्टेट्स्’ ले ७ मुस्लिम देशका मानिसलाई अमेरिका प्रवेशको ढोका खोल्छ । ट्रम्पले ७ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यसले अमेरिकाबाट आफ्नो देश फर्केका आप्रवासीलाई समस्यामा पारेको थियो ।

‘एक्जेकेटिभ अर्डर अन द रिभिजन अफ सिभिल इमिग्रेसन इन्फोर्समेन्ट पोलिसिज एण्ड प्रायोरिटिज’ ले आप्रवासीमाथि ट्रम्प प्रशासनले गरेको अनावश्यक कडाइ खुकुलो पार्छ । ‘प्रोक्लेमेशन अन टर्मिनेशन अफ इमेर्जेन्सी विद रेस्पेक्ट टु द साउर्दन बोर्डर अफ द युनाइटेड स्ेटेट्स् एण्ड रिडाइरेक्सन अफ फण्डस् डाइभर्टेड टु बोर्डर वाल कन्स्ट्रक्सन’ ले ट्रम्प प्रशासनले सुरु गरेको पर्खाल निर्माणमा रोक लगाउँछ । ‘रिइन्सटेटिङ डिफर्ड इन्फोस्र्ड डिपार्चर अफ लाइबेरियन्स्’ ले अमेरिकामा बसोबास गरिरहेका लाइबेरियाका आप्रवासीलाई ३० जुन २०२२ बाट सुरु हुने डिपोर्टेशनबाट जोगाउँछ ।

त्यस्तै, बाइडेनले स्वास्थ्य क्षेत्रमा मेडिकेड र एफोर्डेवल केयर एक्ट मजबुत बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । त्यस अनुसार १५ फेबु्रवरीदेखि सर्वसाधारणका लागि पुनः फारम खोलिने छ जसले ट्रम्पको कार्यकालबाट स्वास्थ्य सेवाबाट वञ्चित हुन पुगेकाको आँकडा दिनेछ । यसबाट पनि आप्रवासीलाई बढी फाइदा पुग्नेछ ।

बाइडेनले विद्यार्थीको ऋणको किस्तामा रोक लगाउने, कोरोनाभाइरस प्रभावितलाई राहत दिनेदेखि महिलाको स्वास्थ्य, अर्थतन्त्रमा सुधारदेखि वातावरणीय क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू