अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

भ्रष्टाचार विरुद्दको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको उत्कृष्ट २५ कविताको सूची सार्वजनिक

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ११:५२ मा प्रकाशित

हेम सरिता पाठक फाउन्डेसन, अमेरिकाले आयोजना गरेको विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको उत्कृष्ट पच्चीस कविताहरूको सूची सार्वजनिक गरेको छ ।

छनौट गरिएका पच्चीस कविताहरूमा जूनको उज्यालोमा अडिएको समय, खोक्रो परिवर्तन, भ्रष्टाचारको कुहिरोले ढाकेको देश, भ्रष्टाचारमुक्त न्यायालय, पर्खाइ, भ्रष्टाचारको बाटो, उज्यालोको खोजी, उसका प्रश्नहरू, सफा हातको भूगोल, स्वार्थ, तिमी कहिले घाम बन्छौ ?, देशको खबर, भ्रष्टाचारीको साबिती बयान, बालाई चिठ्ठी, तरकारी, सर्पदङ्स, जुकाहरू, नक्सा, माफीनामा, हातहरू, बुढो सिमल,ऐना किनेको दिन, फाँसी दिने कानुन, भ्रष्टाचार विरुद्ध र पर्खाल पो रहेछ रहेका छन् ।

प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले जारी गर्नु भएको प्रेस विज्ञप्ति अनुसार छनौट गरिएका उत्कृष्ट पच्चीस कविताहरूको दोस्रो चरणमा कविबाटै प्रत्यक्ष कविता वाचन गरेर एक कवितालाई अमेरिकी एक हजार डलर र सम्मान -पत्र प्रदान गरिने छ ।

भ्रष्टाचार विरुद्ध चेतना जगाउने खालको कविता प्रतियोगिताको लागि रचना आह्वान गरिएको र यस्तो प्रतियोगितालाई निरन्तरता दिइने सो संस्थाका संरक्षक हेम पाठकले बताउनु भएको छ ।

यसै गरी संस्थाका अध्यक्ष जेनी पाठकले प्रतियोगिताका लागि प्राप्त सबै कविताहरू उत्कृष्ट रहेको र सोमध्ये पनि निर्णायक समितिले सिफारिस गरेका उत्कृष्ट पच्चीस कविताहरूको पुस्तक प्रकाशन गरिने बताउनु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू