अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

विश्वभर ४ करोड २ लाख ३२ हजार ८ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ५:५८ मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड २ लाख ३२ हजार ८ सय ८७ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ५ करोड ८० लाख ४० हजार पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १३ लाख ८० हजार २ सय ५७ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ६४ लाख २६ हजार ८ सय ५९ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख २ हजार २ सय ३४ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ६३ लाख २४ हजार ६ सय २५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड २२ लाख ७७ हजार २४ जना संक्रमित भएका छन् भने २ लाख ६० हजार ३ सय १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९० लाख ५० हजार ६ सय १३ जना संक्रमित हुँदा १ लाख ३२ हजार ७ सय ६४ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६० लाख २० हजार १ जना ६४ संक्रमित भएका छन् भने १ लाख ६८ हजार ६ सय ६२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू