अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

दीपावलीको शुभकामना

श्रीराम लुइटेल २०७७ कार्तिक ३० गते ९:२५ मा प्रकाशित

घरै भरि सयपत्री, मखमली फुलाएर
दिनै भरि, रातै भरि, सेल रोटी पकाएर
गाउँ भरि जताततै, मग मग बसाएर
आयो तिहार भन्छन् लै लै, झलमल्ल बनाएर

दिदी बहिनी सबै जना, सुसाउँदै फुसाउदै
मखमली माला उन्दै, देउसी भैलो गुनगुनाउँदै
दाजु भाइ टाढा बाट, आफ्नो घर फर्किँदै
बाबा आमा दाज्यू भाइ, दिदी बहिनी रमाउँदै

बाबा आमा पनि मक्ख, छोरी माइत आए पछि
उता हर्ष दोब्बर हुन्छ, छोरा हरू पुगे पछि
आमा भन्छिन् बाबु नानी, सेल पाक्यो खान आउनु
अनरसा, झिल्ली, खजुरी, जे मन लाग्छ त्यै चपाउनु

घरै भरि बत्ती बाली, लक्ष्मी पूजा गर्छन् सबै
यस्तो लाग्छ, दुखी गरिब छैनन् कि त कोही कबै
सबै घरमा फुल फुली, रमणीय देखिन्छ नि
तिहार आउँदा सबको मन, कति खुसी देखिन्छ नि

साथी भाइ, सबै मिली, लौ है जाउला देउसी खेल्न
मादल घन्काई सहयोग गरौला, बैनी लाई भैली खेल्न
पिङ हाले बर को रुखमा, मच्चाई मच्चाई खेलौला नि
लङ्गुर बुर्जा, ऒखर, दोहोरी, खर्क मा नै जमाउला नि

सप्त रङी टिका लगाई, ढाका टोपी ढल्काएर
तस्बिर खिच्दै दिदी बहिनी अँगालोमा सजाएर
रमाउनु है सबै जना, राख्दै स्वच्छ भावना
सुभ दीपावली को मेरो, यही छ सुभ कामना
यही छ सुभ कामना !!