अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

२०२० को राष्ट्रपतीय चुनाव ’अमेरिकी इतिहासकै सबैभन्दा सुरक्षित चुनाव’ – अमेरिकी अधिकारी

बिआरटीनेपाल २०७७ कार्तिक २८ गते ६:३६ मा प्रकाशित

अमेरिकाका सङ्घीय चुनाव अधिकारीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावमा धाँधली भएको भन्ने आरोपलाई खारेज गरिदिएका छन् । अधिकारीहरुले ’सन् २०२० को राष्ट्रपतीय चुनाव अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव’ भएको बताएका छन् । चुनाव अधिकारीहरुको एक कमिटीले चुनावमा मतदान प्रणाली बिगारिएको मत बदलिएको जस्ता आरोपको कुनै प्रमाण नभेटिएको बताएका छन् ।

डोनाल्ड ट्रम्पले विना प्रमाण आफ्नो पक्षमा परेको झण्डै अढाइ करोड मत खराब गरिएको आरोप लगाएका थिए । डोनाल्ड ट्रम्पले अहिलेसम्म जो बाइडेनसँग हार मान्नुभएको छैन । यद्यपि अमेरिकाको सबै ठूला टीभी च्यानलहरुले गएको ३ नोभेम्बरमा भएको चुनावमा जो बाइडेनको जितको भएको बताएका छन् ।

बीबीसीको अनुमानअनुसार जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएपछि थप ११ इलेक्टोरल कलेज मतका साथ उनको इलेक्टोरल मतको सङ्ख्या दुई सय ९० भएको छ, ट्रम्पको भने दुई सय १७ मत छ । राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावको नतिजालाई लिएर कानुनी लडाइँ लड्ने बताउँदै आउनुभएको छ ।

यसैबीच जो बाइडेन र उहाँकी सहयोगी कमला ह्यारिसलाई अमेरिकी चुनावमा विजयी भएको भन्दै चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले भनेका छन् , ‘हामी अमेरिकी नागरिकको इच्छाको सम्मान गर्छाैँ ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू