अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

मातृभूमि नेपालमा कोभिड-19 को कारण समस्यामा परेकोलाई सहयोग

सुरेश चाम्लिङ्ग २०७७ कार्तिक २२ गते १४:११ मा प्रकाशित

न्युहेम्पशायर । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले आफ्नो मातृभूमि नेपालमा कोभिड-१९ को कारण समस्यामा परेकोलाई आर्थिक सहयोग गरेको छ । अर्गनाइजेसनका लोकल च्याप्टरहरू न्युहेम्पशायर, कनेक्टिकेट, म्यासाच्युसेट्स बोस्टन, न्यु योर्क वासिङ्टन डी सी, पेन्सिल भानिया, क्यालिफोर्निया, मेरिल्यान्ड, भर्जिनिया, टेक्सस, कोलोराडो, नेब्रास्का, लगायतका राज्यमा बसोबास गर्ने नेपालीहरूबाट सहयोग रकम सङ्कलन गरिएको हो ।

हालै संसार भरी महामारीको रूपमा फैलिएको कोरोनाको कारण आफ्नो मातृभूमि नेपालमा दैनिक ज्यालादारी गरी जीवन यापन गरी रहेका बाबु आमाको नाबालक छोराहरू तथा शारीरिक अपाङ्गता भएको नेपालीहरूले भोग्नु परी रहेको दुख कस्टमा साथ दिने उद्देश्यले यो सानो सहयोग गरिएको हो । सहयोग रकम डलर २०२०.०० आदिवासी जनजाति महासङ्घ अमेरिका फिपनाको सहयोग अभियानलाई २ महिना पहिले पठाइएको थियो ।

अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष मुना राईले २०२० सालमा सम्झना रहने गरी डलर २०२०.०० सहयोग गरिएको बताउनु भएको छ । उक्त सहयोग सहित अन्य सहयोग सङ्कलन गरेर फिपनाले नेपालको विभिन्न सहर तथा बस्तीहरूमा रोजगारीबाट वञ्चित भएर भोकै हिँड्न बाध्य हुनु भएका दाजुभाइहरूलाई खान पीनको व्यवस्था गरेको थियो । अहिलेको २ हजार डलर बराबर नेपाली रकम रु २८६००० ए बि सी न्युज नेपाली टेलिभिजनद्वारा सञ्चालित चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेल मार्फत पठाइएको हो । उक्त सहयोग रकम अर्गनाइजेसनको प्रतिनिधित्व गर्दै सङ्गीतकार तथा गायक कनकाइस्ट राईले कार्यक्रम गरी हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू