अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, दुईको हेलिकप्टरद्वारा उद्धार

बिआरटीनेपाल २०७७ कार्तिक ८ गते १२:४१ मा प्रकाशित

जाजरकोट , कात्तिक, ८ गते । घर लिप्ने माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा दुई महिलाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । मृत्यु हुनेमा छेडागाड नगरपालिकाको वडा न ३ चुवाकी ३० वर्षीया सितला जैसी र सोही गाउँकी १६ वर्षिया आरती दाहाल रहेकी छन ।

त्यस्तै घटनामा परी सोही गाउँकि २४ वर्षीया सरिता जैसी र छेडागाड ४ की ५१ वर्षीया धनसरा चदारा घाईते हुनुभएको छ । दशैको लागि घर लिप्ने माटो लिन स्थानीय महिलाहरु.. आफ्नो टोलभन्दा झन्डै ४ किलोमीटरको दूरी टाढा दशेरा भन्ने ठाउँमा गएका थिए । माटो निकाल्ने ठाउँमा सुख्खा पहिरो गएको स्थानीयले बताएका छन ।

जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठ ले घाईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा मत्यु भएको बताउनुभयो । हाल दुई जना घाइते महिलालाई जाजरकोटका प्रतिनिधिसभा सदस्य एवं वन तथा वातावरण मन्त्रि शक्तिबहादुर बस्नेतको पहलमा नेपाली सेनाकोे हेल्किकोप्टर मार्फत सुर्खेत पठाईएको छ ।

घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय दशेराका असई कमानसिह रामजालीले बताउनुभयो । यो समाचार सहदेव बस्नेतले गोरखापत्रमा लेखेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू