अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

अमेरिकी राष्ट्रपति ट्रम्पको चिनियाँ बैंकमा खाता छ – न्युयोर्क टाइम्स रिपोर्ट

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:५२ मा प्रकाशित

न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक चिनियाँ बैंकमा आफ्नो खाता भएको बताउनुभएको छ । यस बैंकको खातालाई ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेन्टले नियन्त्रित गर्छ र सन् २०१३ र २०१५ को बीच यस बैंक खाताबाट स्थानीय करको भुक्तानी पनि गरिएको बताइएको छ ।

डोनाल्ड ट्रम्पका प्रवक्ताका अनुसार एसियामा होटल उद्योगसँग जोडिएका सम्भाव्यताहरु खोज्नको लागि यो बैंक खाता खोलिएको थियो । राष्ट्रपति ट्रम्पले चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीहरुको आलोचना गर्दै आउनुभएको छ र उहाँले चीनविरुद्ध व्यापारिक लडाइँ पनि गरिरहनुभएको छ । न्युयोर्क टाइम्स अखबारले डोनाल्ड ट्रम्पको कर तिरिएको रेकर्डबाट यो बैंक खाताको बारेमा पत्ता लगायो, जसमा ट्रम्पको व्यक्तिगत र कम्पनी, दुवैको वित्तीय विवरण समावेश थियो ।

अखबारले आफ्नो पछिल्लो रिपोर्टमा सन् २०१६–२०१७ मा ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नु हुँदा अमेरिकी फेडरल ट्याक्सको रुपमा उहाँले मात्र ७५० अमेरिकी डलर भुक्तानी गर्नुभएको थियो । यद्यपि डोनाल्ड ट्रम्पले ट्याक्स बचाउन सबै नियमको फाइदा उठाएको, जसका कारण यति कम ट्याक्स दिनु परेको रिपोर्टबारेमा सफाइ दिइसक्नुभएको छ ।

अखबारको ताजा रिपोर्टका अनुसार ट्रम्पको चिनियाँ बैंक खाताबाट स्थानीय करमा एक लाख ८८ हजार पाँच सय ६१ अमेरिकी डलर भुक्तानी गरिएको छ ।

 

प्रतिक्रिया