अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

नेपाली कांग्रेस आवद्धहरुको ‘विश्व संजाल’ युरोप र अफ्रिकामा विस्तार

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ७:०१ मा प्रकाशित

प्रवासमा रहेका नेपाली काँग्रेससँग आबद्द नेता तथा कार्यकर्ताहरुको विश्व संजालको युरोप र अफ्रिकामा पनि विस्तार गरिएको छ ।संगठन स्थापनाको २ बर्षपछि युरोप र अफ्रीकाको क्षेत्रीय संयोजन समितिको गठन गरेको हो ।विश्व संजालका सभापति बिष्णु सुबेदी र अन्य पदाधिकारीहरुको उपस्थितिमा युरोपका विभिन्न देशहरुबाट नेपाली काँग्रेससंग आबद्ध नेता तथा कार्यकर्ताहरुको सहभागिमा हालै बसेको भर्चुअल भेलाले युरोप क्षेत्रीय संयोजन समितिको गठन गरेको हो ।

समितिको संयोजकमा बेलायतबाट शेखर कँडेल , सह–संयोजकमा बिजय मोक्तान (जर्मनी) र तस्बिर लामा (बेलायत), सचिबमा यमलाल सुबेदी (डेनमार्क) ,सह(सचिवमा सुरेन्द्र आमगाइ (पोर्चुगल), कृष्णप्रसाद खरेल (बेलायत),कोषाध्यक्ष बिष्णुमाया अधिकारी (नर्वे), सह–कोषाध्यक्ष, अंजु तिमिल्सिना अधिकारी (स्पेन) , सदस्यहरुमा कृष्ण अधिकारी (नेदरल्याण्ड) नारायण दवाडी (लक्जेम्बुर्ग),भाबा मल्ल (इटाली), अशोक घिमिरे(पोर्चुगल),हीरालाल सापकोटा (स्पेन) र रामकृष्ण पुडासैनी (स्पेन) रहनु भएकोछ ।

त्यसैगरी नेपाली जनसम्पर्क अन्तर्राष्ट्रीय समन्वय समितिले विश्व सञ्जाल अर्न्तगत अफ्रिका संयोजकमा कृष्ण दत्त भट्टलाई मनोनयन गरेको छ ।जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटाले संचालन गरेको विश्व सञ्जाल अन्तरगत युरोप भेलामा संजालका संयोजक बिष्णु सुबेदी, नेता विश्वआदर्श पण्डित, नेता मधु आचार्य लगायतको उपस्थिति थियो ।

भर्चुअल बैठकमा महासमिति सदस्यहरु, जनसम्पर्क समितिका सभापतिहरु, नेपाली काङ्ग्रेसका बुद्धिजिवी, समर्थक र पूर्वमन्त्री तथा केन्द्रिय सदस्हरुको वाक्लो उपस्थिति रहेको थियो ।प्रवासमा रहेर पनि लोकतन्त्र र प्रजातन्तमा विश्वास राख्ने विश्व भरिनै छरिएर रहेका आस्थावान नेपाली काङ्ग्रेसलाई एकतिन्त्र गर्न र प्रवासका नेपालीहरुले भोगेका समस्याको सम्वोधन र समाधानका निमित्त सञ्जालले अहंम भूमिका खेल्ने विश्वास लिइएको छ ।

नेपाली काङ्ग्रेसको विश्व सञ्जाल अर्न्तगत रहेको युरोप समितिले सञ्जाललाई चुस्त बनाउन सल्लाहकार सहित विशेष जिम्मेवारी र कार्य विभाजनको सूची तयारीमा अभ्यास गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू