अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२९ | Colorodo: 11:44

डम्पिङ साइड नजिकै हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान जोखिममा

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:०४ मा प्रकाशित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिव/ करिव अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ । तर विमानस्थलबाट नजिकै रहेको डम्पिङ साइटका कारण विमानस्थल जोखिममा परेको तर्फ भने कसैको ध्यान जान सकेको छैन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ६५ प्रतिशत पुरा भइसकेको छ ।विमानस्थल निर्माणहुँदै गर्दा पोखाबाट हुने हवाई उडानलाई सुरक्षित बनाउन विभिन्न कामहरु गरिएका छन् । तर पोखरा महानगरपालिका वडा नं. १४ बाच्छेबडुवामा रहेको डम्पिङ साइटडबाट हुने जोखिममा भने खासै ध्यान जान सकेको छैन् ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार विमानस्थलबाट ५ किलोमिटर भित्र डमपिङ साइटड हुनुहुँदैन । तर यो डमपिङ साइड ५ किलोमिटर भित्रै पर्छ । विमानस्थलबाट डम्पिङ साइट नजिक हुँदा चिल, गिद्ध लगायतबाट कुनैपनि चराचुरुङुगीबाट हवाई उडान जोखिममा पर्न सक्छ ।

त्यसैले पनि यो ठाउँबाट डम्पिङ साइट हटाउनुपर्ने देखिन्छ । पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंले डमपिङ साइट हटाउने भन्दा पनि विमानस्थल वरिपरी चराचुरुङ्गीको व्यवस्थापन गर्न बर्ड स्केरिङ डिभाइसहरु राखिने बताउनुभयो । विमानस्थलबाट नजिकै डम्पिङ साइड रहेकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानलाई जोखिममा पार्ने निश्चित छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विमानस्थललाई खतरामुक्त बनाउनको लागि नयाँ डम्पिङ क्षेत्रको खोजिमा रहेको बताउनुभयो । हाल बाच्छेडाँडाँमा रहेको डम्पिङ साइटडको विकल्पमा माछापुच्छ«े गाउँपालिकाको सार्दिखोलामा बनाउने योजना रहेको पनि उहाँले बताउनुभयो ।

यसैपनि पोखरामा आगन्तुक चराहरुको चहलपहल बढी हुने गर्छ । तर फोहोरको थुप्रोमा विभिन्न किसिमका चराचुरुङ्गी रहने र तिनले विमानस्थल आसपासमा जोखिम बढाउने भएकाले त्यसको व्यवस्थापनका लागि हाल रहेको डम्पिङ साइटडलाई तत्काल हटाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू