अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

न्युयोर्कमा सत्ताईसौँ पटक निःशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन चिकेन वितरण

बिआरटीनेपाल २०७७ असोज २९ गते ११:२२ मा प्रकाशित

न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले बुधवार अक्टोबर १४, २०२० का दिन निःशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। निःशुल्क खाधन्न वितरण कार्यक्रम न्यु योर्क सहरको क्वीन्स बोरो स्थित विभिन्न सङ्घ-सस्थाहरु मार्फत गर्‍यो। छब्बीसौँ पटकको निःशुल्क खाधन्न वितरण आज दिउँसो ३ बजे सम्पन्न भयो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनसँग सहकार्य गरी ५७६ बक्स निःशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन, तरकारी र फलफूल वितरण गरेको थियो भने भ्वईसेस ल्याटिना (Voices Latinas) का निर्देशक रविनसन सुरी सँग फाउन्डेसनले सहकार्य गर्दै आज १०० बक्स निःशुल्क स्पेनिस सुद्ध खाना पनि वितरण गरेको यसै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले न्यु योर्क क्वीन्समा रहेका सङ्घसंस्थाहरू क्रमशः वालुङ किदुग युएसएलाइ ९६ बक्स, जन सम्पर्क समिति न्यु योर्क च्याप्टर ४८ बक्स, सङ्घ न्यु योर्क च्याप्टर ९६ बक्स, तमु परिवार अमेरिका ४८ बक्स, भोज राज ठाेकर + पाल्जुर शेर्पा ४८ बक्स, ह्याेल्माे सोसाइटी अफ अमेरिका ४८ बक्स, सानु शेर्पा ८ बक्स, टेक बा. कार्की+दीप कँडेल ७ बक्स, नर-फु समाज अमेरिका ४८ बक्स र लाइन मार्फत सार्वजनिक वितरण १२९ बक्स निःशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफूल गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य एवं वरिष्ठ लोक गायक विमल डाँगी खटिएका थिए भने स्वयंसेवीहरू ने.का. युवा नेता क्रमशः अनिल राज पाण्डे, प्रेमलाल बुढा मगर, विमल रोक्का, लक्ष्मण पुन, राम अधिकारी, ने.का. युवा नेता द्वय विनोद सुवेदी र अनन्त राज सुवेदी, साङतेम्बा शेर्पा, फुर्पा शेर्पा, छेवाङ शेर्पा, आङ पासाङ शेर्पा, सेरगेल्पु शेर्पा, दावा शेर्पा, रिनजेन शेर्पा, सानु।शेर्पा, समाजसेवी टङ्क खडका, वरिष्ठ लोक गायिका सङ्गीता थापा मगर लगायत खटिएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एवं आभार प्रकट गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू