अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 13:03

टेक्ससमा शनिबार अक्टुबर १७ देखी दसैँ कप हुँदै 

बिआरटीनेपाल २०७७ असोज २९ गते ११:०८ मा प्रकाशित

पूर्व राष्ट्रिय खेलाडी वसन्त थापालाई सम्मान गरिने

कोलोराडो । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने ९ औ दसैँ कप सकर (फुटबल) टुर्नामेन्ट यही अक्टोबर १७, २०२० देखी सुरु हुँदैछ । नेपालीहरूको महान् चाड बडा दसैँ पारेर प्रत्येक वर्ष यो कार्यक्रम आयोजना गरिन्छ । ड्यालस गोर्खाज फुटबल टिमले आयोजक गरेकोमा यो पल्ट जम्मा २६ टिमले भाग लिएका छन् । जसमध्ये २० टिम रेगुलर र ६ टिम ३५ वर्ष माथिका छन् ।

विजयी हुने समूहलाई नगद तथा पुरस्कारको व्यवस्था गरिएको छ । उक्त दसैँ सकर प्रतियोगितामा ३५ वर्ष माथिका खेलाडीहरूको पनि प्रतियोगिता रहने टुर्नामेन्ट संयोजक विनोद विष्टले बिआरटी नेपाललाई बताए । उनले भने, “अमेरिकाको टेक्सस राज्यको ड्यालसमा विगत ९ वर्ष देखि सञ्चालनमा रहेको, यो पल्ट कोरोनाको महामारीमा पनि प्रतियोगितालाई निरन्तरता दिएको छ । हामी  एकै दिनमा उक्त सकर प्रतियोगिता सक्नेछौ ।”

३५ वर्ष भन्दा माथि उमेरको टोली विजेताले १ हजार डलर र उप विजेताले ५ सय डलर प्राप्त गर्नेछन् भने अर्को रेगुलर समूहका खेलका विजेताले २ हजार ५ सय डलर नगद तथा पदक प्राप्त गर्ने छन् भने उप विजेताले १ हजार डलर नगद तथा पुरस्कार प्राप्त गर्ने छन् । यी प्रतियोगिता ५ का विरुद्ध ५ अर्थात् ५ भर्सेज ५ शैलीमा खेल खेलाइने छ ।

साथै उक्त कार्यक्रममा हरेक वर्ष खेलकुद क्षेत्रमा विशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने अन्तर्गत यो पल्ट नेपालका पूर्व राष्ट्रिय खेलाडी वसन्त थापालाई सम्मान पनि गरिने भएको छ । थापा नेपालमा मनाङ मर्स्याङ्दी क्लबमा लामो समय खेलेका र नेपालको राष्ट्रिय टोलीमा खेल्ने चर्चित खेलाडी हुन् । उनी आफ्नो परिवारसँग फ्लोरिडामा बसोबास गर्दै आएका छन् ।

यो भन्दा पहिले नेपालका पूर्व राष्ट्रिय खेलाडी उमेश प्रधानलाई २०१६ मा, देवनारायण चौधरीलाई २०१७ मा, सुनिल तुलाधरलाई २०१८ मा र प्रशान्त गिरीलाई २०१९ मा सम्मान गरी सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू