अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

कोरोनाबाट तनहुँमा एकै परिवारका ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:०७ मा प्रकाशित

तनहुँको भीमाद नगरपालिकामा कोरोनाबाट एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार भीमाद नगरपालिका–६ का एक परिवारका ९८, ७५ र ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बिरामी ९८ वर्षीय बाबुलाई चितवनबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा बाबुलाई कोरोना पुष्टि भएपछि उनको स्याहारसुसारमा खटिएका दुई छोराहरुलाई पनि कोरोना देखिएको थियो । ९८ वर्षीय ती वृद्धको असोज २५ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा, ७५ वर्षीय पुरुषको असोज २४ गते काठमाडौंस्थित बिएण्डबी अस्पतालमा र ७२ वर्षीय पुरुषको असोज १९ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । यस अगाडि व्यास नगरपालिकाका २, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यस्तै, जिल्लामा ५९७ जनामा कोरोना देखिएकोमा ४११ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू