अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सांसदद्वारा अविश्वास प्रस्ताव दर्ता

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:३८ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् । सांसद यामलाल कँडेलको अगुवाइमा १८ जना सांसदको हस्ताक्षर संसदीय दलका नेता गुलावजङ्ग शाहलाई बुझाइएको हो । सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताउनुभयो ।

अविश्वास पत्रमा मुख्यमन्त्री शाहीले पार्टीको काम प्रभावकारी रुपमा गर्न नसकेको उल्लेख गरिएको छ । संसदीय दलको नेता भएपछि प्रभावकारी काम गर्न नसकेको र पार्टीको उपस्थिति फितलो बन्न पुगेकाले शाहीप्रति आफूहरुको विश्वास नरहेको उनीहरुले बताएका छन् ।

अविश्वासको पत्रमा हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका तीन जना सांसद छन् । कर्णाली प्रदेश सभामा नेकपाका ३३ जना सांसद रहेका छन् । संसदीय दलको विधान २०७५ को २४ (१) बमोजिम १८ जना सदस्यले हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव बुझाएका हुन् । साथै नियम २४ को उपनियम १, २, ३ र ४ अनुसार तत्काल संसदीय दलको बैठक आह्वान गरी मार्ग प्रशस्त गर्नसमेत माग गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू