अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:३० मा प्रकाशित

उत्तर कोरियाले सबैभन्दा ठूलो सैन्य परेडको तयारी गरेको छ ।अमेरिकाले आर्थिक प्रतिवन्ध लगाएयता लगातार सैन्य शक्ति प्रदर्शन गरीरहेको उत्तर कोरियाले आणविक हतियार परीक्षणको समेत तयारी गरेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले आंकलन गरेका छन् ।वर्कर्स पार्टीको ७५ औं वर्षगाँठ मनाउने तयारी गरेको उत्तरले थप सैन्य अभ्यास तथा आणविक हतियार प्रक्षेपण गर्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकीँदै गएका बेला उत्तर कोरियाले पुनः आफ्नो शक्ति प्रदर्शन गर्न लागेको हो ।सन् २०१८ मा अमेरिकासँग पहिलो पटक वार्ता गरेयता उत्तर कोरियाले सैन्य शक्ति प्रदर्शनका क्रममा आणविक हतियारहरुको प्रर्दशन गरेको थिएन ।गत फबु्रअरीमा दुवै पक्षबीच भएको वार्ता भंग भएपछि उत्तर कोरियाले छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षणको क्रमलाई निरन्तरता दिएको छ ।

यसैबीच विश्वविद्यालयका अनुसन्धानकर्ताहरु समेत उक्त परेडमा सहभागी हुने बताइएको छ ।मिसाइल र आणविक हतियार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुसन्धानकर्ताहरुलाई समेत सहभागी गराएर उत्तर कोरियाले आफ्नो शक्ति देखाउन खोजेको विश्लेषण गरिएको छ ।

एन केन्युजका अनुसार उत्तर कोरियाले यस्ता घटनाहरु बाहिरी विश्वलाई संकेत गर्न प्रयोग गर्दैन । उत्तर कोरियाले घरेलु स्रोतको वंशाणुगत शक्ति कायम गर्न यस्ता प्रदर्शनहरु बेला बेलामा गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू