अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिका प्रेस विज्ञप्ति 

बिआरटीनेपाल २०७७ असोज २१ गते १०:०३ मा प्रकाशित

नेपालको चिकित्सा शिक्षामा आमुल सुधारका माग राखी  डा. गोविन्द के.सीको  २० दिन अगाडि जुम्लाबाट सुरु भएको अनशन काठमाण्डौंको शिक्षण अस्पतालमा पुग्दा  अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको प्रति नेपाली जनसम्पर्क समिति अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ । यसबिचमा सत्याग्रही अनशनरत डा.केसीलाई सरकारले प्रस्तुत गरेको व्यवहार अमानवीय, अपमानजनक र अनुदार भएको ठहर गर्दै, सरकारको यस किसिमको रवैया र दुर्व्यवहार प्रति  समिति घोर निन्दा र भर्त्सना गर्दछ ।

विगतमा अनसनरत डा. गोविन्द के.सिका मागहरूलाई  नेपाली काँग्रेसको पालामा सम्बोधन गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” जारी गरिएको कुरा सबैलाई सर्वविदितै छ । त्यही अध्यादेशको जगमा टेकेर  अनसनरत डा. केसीको अहिले उठाएका जायज मागहरूलाई पूरा गर्न र उहाँको जीवन जोगाउन  नेपाली जनसम्पर्क समिति अमेरिका नेपाल सरकारसँग जोडदार माग राख्दै, हार्दिक अपिल र आग्रह गर्दछ । धन्यवाद ,

जय नेपाल !

 

मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क अधिवेशन
तयारी समिति अमेरिका

प्रतिक्रिया