अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८ | Colorodo: 10:43

अमेरिकी राष्ट्रपति ट्रम्प फेरि विवादित, अस्पतालबाट बाहिर आएर समर्थकलाई अभिवादन

बिआरटीनेपाल २०७७ असोज १९ गते १:२९ मा प्रकाशित

कोरोना भाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक विवादित बन्नुभएको छ ।कोरोना सङ्क्रमित भएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत ट्रम्प गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेकाले विवादित बन्नुभएको हो । सङ्क्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिरसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गर्नुभएको बीबीसीको खबरमा उल्लेख छ ।

गाडीमा रहेका उहाँले मास्क लगाउनुभएको थियो । गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नहुने भन्दै आलोचना भएको हो । ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू