अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

चीनले गरेको भनिएको भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गर्न खोजेका युवाहरु पक्राउ

बिआरटीनेपाल २०७७ असोज १८ गते ६:४८ मा प्रकाशित

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौँमा प्रदर्शनको तयारीमा रहेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। चिनियाँ दूतावास अगाडि आइतबार दिउँसो प्रदर्शनको तयारी गरिरहेका युवाहरुलाई प्रहरीले तितरवितर पारेको हो।

सचेत नेपाली नागरिक अभियानका विप्लव भट्टका अनुसार अतिक्रमण तथा त्यसमा सरकारी उदासिनताको विरोधमा प्रदर्शनको तयारी गर्र्दै रहेको बेला प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका २५ जनालाई प्रहरीले कमलपोखरीमा राखेको छ ।

यसअघि, हुम्लामा नेपाली क्षेत्रमा चीनले भवन बनाएको दाबी गरिएको थियो। तर सरकारले त्यस्तो नभएको बताएको छ भने चीनले आफूले नेपाली क्षेत्रमा भवन नबनाएको दावी गर्दै आएको छ । तर स्थानीयले भने चीनले भवन बनाएको क्षेत्र नेपालकै रहेको दाबी गर्दै आएका छन्। सोही परिवेशमा भूमि अतिक्रमण तथा सरकारी उदासिनताको विरोधमा प्रदर्शन गरिएको भट्टको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू