अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

डा. केसीका मागमा काँग्रेसको ऐक्यबद्धता, तत्काल सुनुवाई गर्न सरकारलाई आग्रह

बिआरटीनेपाल २०७७ असोज १८ गते ६:४७ मा प्रकाशित

नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै ऐक्यवद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ती जारी गरिसकेको बताउनुभयो ।डा. केसीले विगत देखि नै जायज माग राख्दै आउनुभएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पुरा हुने पनि उहाँले बताउनुभयो ।

पछिल्लो समय पीसीआर परिक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राख्नुभएकाले सरकारले तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्ने उहाँको भनाई छ ।संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताउनुभयो ।यद्दपी जनजीवन चलिरहेको अवस्थामा भौतिक दुरी कायम राखेर संसद अधिवेशन चलाउनुपर्ने उहाँले बताउनुभयो ।

विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लगायतका विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने पनि उहाँले बताउनुभयो । यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्नेपनि प्रवक्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू