अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

ट्रम्प दम्पत्तिलाई कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ असोज १६ गते १:३४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको छ । ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पले ट्विटमार्फत जानकारी दिनुभएको हो ।

ट्रम्पले ट्विटमार्फत आफूहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टाइनमा बस्न लागेको जानकारी दिनुभएको छ । यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उहाँलाई संक्रमण पुष्टि हुनासाथ ट्रम्प दम्पत्तिले परीक्षणका लागि स्वाब दिनुभएको थियो ।

यसअघि कोरोना देखिएकी होप हिक्स ट्रम्पसँगै एयर फोर्स वानमा क्लिभल्यान्ड पुग्नुभएको थियो । मिनिसोटामा भएको र्यालीमा समेत पुग्नुभएकी होप हिक्स बिरामी परेपछि परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू