अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३०
| Colorodo: 22:45
हिमाली जिल्ला मुगुका रित्तीएका डिपोहरुमा खाद्यान्न भरिन थालेका छन् । नेपाल खाद्य संस्थान व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुले वार्षिक कोटा खाद्यान्नको सम्झौता भई आउनु पर्ने खाद्यान्न आउन लाग्दा रित्तिएका डिपो तथा गोदामहरु भरिन थालेका हुन् ।
सदरमुकाम गमगढी बजार लगायत जिल्लाका डिपो तथा बिक्रि केन्द्रहरुमा रहेका गोदामहरुका लागि १९ हजार ५ सय क्न्विटल खाद्यान्न आएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मुगुका कार्यालय प्रमुख कर्ण बहादुर रावलले बताउनु भएको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ लागि मुगुमा १९ हजार ५ सय क्न्विटल खाद्यान्न ठेकेदार सँग सम्झौता भई नेपालका विभिन्न जिल्लाका खाद्य संस्थान बाट ढुवानि प्रक्रिया तिव्र रुपमा भईरहेको छ ।