अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८
| Colorodo: 20:23
स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । वालिङ नगरपालिका–११, पेखुस्थित पनेरगैह्रामा मंगलबार बिहान गिटी निकाल्नेक्रममा माथिबाट खसेको माटोकोे ढिस्कोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ ।
माटोले पुरिएर गम्भीर घाइते भएका वालिङ–११ का ३९ वर्षीय दुर्गा थापाको उपचारकाक्रममा स्थानीय प्राथमिक अस्पतालमा मृत्यु भएको हो । पुरिएर घाइते भएका सोही ठाउँका ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिंजालीको उपचार भइरहेको ग्रहौं प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।