अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 13:03

पोखरा रंगशालाको ८६ प्रतिशत निर्माण सम्पन्न

बिआरटीनेपाल २०७७ असोज १३ गते ६:१३ मा प्रकाशित

पोखरा रंगशालाको भौतिक निर्माणको कार्य ८६ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय रंगशालामा चेन्जिङ रुम, मिडिया सेन्टरलगायतको काम सकिएको छ । रंगशालाको चारैतिरको पिच निर्माणाधीन अवस्थामा छ भने ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी छ । अब छत सँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताउनुभयो । भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माणकार्य रोकिएको उहाको भनाई छ ।

माछापुच्छ्रे हिमालको फेदमै करिब एक अर्ब २८ करोड ५० लाख रुपैयाँको लागतमा रंगशाला निर्माण भइरहेको हो । गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)का केही खेलहरु पोखरा रंगशालामा सम्पन्न भएका थिए ।

प्रतिक्रिया