अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

यमनमा जारी द्वन्द्व अन्त्य हुने, सरकार र विद्रोहीबीच कैदी थुनामुक्त गर्ने सहमति

बिआरटीनेपाल २०७७ असोज १२ गते ३:१८ मा प्रकाशित

यमनमा जारी द्वन्द्व अन्त्यका लागि सरकार र होथी विद्रोहीबीच कैदी थुनामुक्त गर्ने सहमति भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विद्रोहीसँगको वार्ताअघि एक हजार भन्दा बढी कैदी बन्दी रिहा गर्ने सहमति भएको हो ।राष्ट्रसंघीय दूतमार्टिन ग्रिफिथ्सले कैदी बन्दी रिहा गर्ने सहमति शक्ति स्थापनाका लागि कोशेढुंगा सावित भएको प्रतिक्रिया दिनुभएको छ ।

साउदी नेतृत्वमा रहेको सैन्य गठबन्धन र होथी आन्दोलनले समर्थन गरेको यमनी सरकारबीच सन् २०१८ करिब एक हजार भन्दा बढी बन्दी रिहा गर्ने सहमति भएको थियो । सोही सहमति कार्यान्वयन गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) को मध्यस्थतामा १० दिनसम्म चलेको वार्तापछि दुवै पक्ष विगतमा भएको सहमति पालना गर्न तयार रहेको बताइएको छ ।सहमतिलगत्तै दुवै पक्षले एक हजार भन्दा बढी कैदीबन्दी रिहा गर्ने बताइएको छ ।

विद्रोहीले आफ्नो नियन्त्रणमा रहेका १० जना साउदी र चार जना सुडानी नागरिकसहित चार सय जना र सरकारले ६ सय ८१ जना विद्रोहीका कैदीबन्दी रिहा गर्न सहमत भएको बताइएको छ । हाथी विद्रोहीले अन्तर्राष्ट्रिय मान्यता पाएसँगै गमनमा आन्तरिक द्वन्द्व सुरु भएको हो । द्वन्द्वका कारण हजारौं सर्वसाधारको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू