अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

पोखरामा थपिए ११ कोरोना संक्रमित

बिआरटीनेपाल २०७७ असोज ६ गते ७:१९ मा प्रकाशित

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ३ का ३० र ४५ वर्षीय पुरुष तथा ३० वर्षीया महिला ,पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २५, २८, ३३, ३५ र ४४ वर्षीय पुरुष , पोखरा १४ का ५८ वर्षीय पुरुष तथा २८ र ५० वर्षीय महिलामा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।

त्यसैगरी नवलपुर बिनयत्रिबेणी ३ का ३० वर्षीय पुरुष , ४ का २४, २६, र २९ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, मध्यबिन्दु २ का ४० वर्षीय पुरुष, ६ का ६५ वर्षीय पुरुष तथा ८ का ३३ र ६५ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय २३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू