अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३
| Colorodo: 04:38
मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको ज्यान गएको छ । राक्सिराङ गाउँपालिका ३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबाको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नम्बरको जीप पल्टिँदा घाइते भएका राक्सिराङ गाउँपालिका ३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । जीप चालक भीषण प्रजालाई प्रहरीले पक्राउ गरेको छ ।