अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

खोप र वैज्ञानिकलाई विश्वास गर्नू, ट्रम्पलाई नगर्नू – बाइडन

बिआरटीनेपाल २०७७ असोज २ गते ७:५२ मा प्रकाशित

अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले आफूले खोप र वैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताउनुभएको छ ।राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यावहारिक र अस्वाभाविक कुरा गरेको र त्यस्ता कुरामा विश्वास गरेको भन्दै उहाँले आलोचना पनि गर्नुभयो ।

उहाँले ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उहाँले ट्रम्पलाई विश्वास नगर्न पनि आह्वान गर्नुभयो । अमेरिकाको आउँदो राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी ट्रम्प र बाइडनले कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

बाइडनले कोरोना भाइरसविरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुन सक्ने आशङ्का पनि गर्नुभएको छ । सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्नुपर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ’मैले वैज्ञानिकहरुलाई विश्वास गर्छु, मैले खोपमा विश्वास गर्छु तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिनँ ।’ उहाँले अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै वैज्ञानिकहरु र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू