अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

नेपालमा हुने ४५ प्रतिशतभन्दा धेरै गर्भधारण अनिश्चित -परिवार कल्याण महाशाखा

बिआरटीनेपाल २०७७ असोज २ गते ७:३६ मा प्रकाशित

सरकारले कोरोना महामारीका बीच पनि परिवार नियोजनका सेवाहरु नियमित रहेकोले ढुक्क भएर सेवा लिन आग्रह गरेको छ । नेपालमा लकडाउन सुरु भएको चैत महिनामा केही ठाउँका सेवाहरुमा समस्या आएको भए पनि अहिले सबै स्वास्थ्य संस्थाबाट यसअघिका परिवार नियोजनसम्बन्धी सेवाहरु सुरु भएको परिवार कल्याण महाशाखाकी प्रमुख कविता अर्यालले जानकारी दिनुभयो ।

उहाँले अहिले नेपालमा सरकारले परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरु निःशुल्क उपलब्ध गराइरहेको र कोरोनाको संक्रमणबाट बच्न आवश्यक सुरक्षाका साथ सेवा प्रवाह भइरहेको भन्दै सेवा लिन आग्रह गर्नुभयो । जनसंख्या नियन्त्रणको उद्देश्यले सुरु भएको परिवार नियोजन सेवा अहिले महिलाहरुको प्रजनन अधिकारका रुपमा पनि स्थापित भएको भन्दै प्रमुख अर्यालले अनिश्चित गर्भधारण रोक्न परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने बताउनुभयो ।

अहिले पनि नेपालमा कुल गर्भधारणको ४५ प्रतिशत गर्भधारण अनिश्चित रहेको र लकडाउन तथा निषेधाज्ञाका कारण यो संख्या अझै बढ्ने सम्भावना रहेको अर्यालको भनाई छ । कतिपय मानिस विदेशबाट फर्किएर घरमा बसेको, लकडाउनका कारण परिवार नियोजनका सेवा लिन जान नसकेको लगायतका कारण अनिच्छित गर्भधारण बढ्ने भन्दै उहाँले श्रीमान्, श्रीमतीको सल्लाहमा परिवार नियोजनका साधन प्रयोग गर्न आग्रह गर्नुभयो ।

शुक्रबार नेपालमा कोभिड १९ को अबस्था, गुणस्तरीय परिवार नियोजन सेवाको निरन्तरता भन्ने नाराका साथ सातौँ परिवार नियोजन दिवस मनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू