अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ – पाकिस्तानी प्रधानमन्त्री खान

बिआरटीनेपाल २०७७ भदौ ३० गते ८:२३ मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताउनुभएको छ । उहाँले ‘अल जाजिरा’सँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको जनाइएको छ । उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्ने र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिकरुपमा नै देखाउनुपर्ने बताउनुभयो ।

सो अन्तर्वार्ताकाक्रममा उहाँले सो धारणा राख्नुभएको अल जाजिरा मिडियाले जानकारी दिएको छ ।उहाँले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभएको हो ।पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामूहिक बलात्कृत भएकी थिइन् ।त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीको विषयलाई लिएर विभिन्नखालका प्रतिक्रियाहरु आइरहेका छन् ।

यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के– कस्तोखालको कारबाही गर्नुपर्छ ? भनी सोधिएको प्रश्नमा सो जवाफ दिनुभएको हो । गत हप्ता पञ्जाब प्रान्तको लाहोर सहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर उनको कारमा समेत तोडफोड गरी कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो । त्यसपछि उनका गरगहना पनि लुटिएको थियो ।

यस घटनापछि पाकिस्तानका विभिन्न सहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरु भएका छन् । महिलामाथिका यस्ता हिंसाको अन्त्य गर्दै बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै ती विरोध प्रदर्शनहरु भएका हुन् । त्यस घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू