अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना, अत्यावश्यक बाहेकका सबै सेवा पाँच दिनका लागि बन्द

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:५३ मा प्रकाशित

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई कोराना संक्रमण पुष्टि भएको छ। अधिकृत पोखरेललाई संक्रमण पुष्टि भएसँगै महानगरले सोमबारदेखि पाँच दिनसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ।

महानगरका मेयर भीम पराजुलीका अनुसार महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्न लागिएको हो। यद्यपि यसबीच अत्यावश्यक सेवा भने सञ्चालनमा रहने उनले बताए। उनका अनुसार पोखरेलको सम्पर्कमा रहेकाहरुको पनि पीसीआर परीक्षण गरिनेछ।

पोखरेललाई कोरोना देखिएपछि महानगरका अधिकांश कर्मचारी ‘होम क्वारेन्टाइन’मा बसेका छन्। पीसीआर परीक्षण गर्न शनिबार स्वाब दिएका प्रमुख प्रशासकीय अधिकृत पोखरेलको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। यसअघि विराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष मीनकुमार आचार्य र विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेलमा कोरोना पुष्टि भइसकेको छ।

हालसम्म विराटनगर महानगरभित्र एक हजार ३ सय ६४ जनालाई संक्रमण पुष्टि भइसकेको छ भने कोरोनाका कारण १७ जना संक्रमितको मृत्यु भइसकेको छ। ३ सय ५० जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू