अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

विश्वभर २ करोड ३ लाख ६९ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:०६ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ३ लाख ६९ हजार ४४ कोरोना भाइरसका बिरामी निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख ६९ हजार ५ सय ८ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख १४ हजार ५ सय १२ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७० लाख ८५ हजार ९ सय ५२ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६० हजार ७ सय ९२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७० लाख २५ हजार १ सय ६० जनामा मध्यमस्तरको संक्रमण रहेको छ । कोरोना भाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख ८८ हजार ८ सय २५ जना संक्रमित भएका छन् भने १ लाख ९६ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ४५ लाख ६८ हजार ७ सय ७० जना संक्रमित हुँदा ७६ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४२ लाख ३९ हजार ७ सय ६३ जना संक्रमित भएका छन् भने १ लाख २९ हजार ५ सय ७५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू