अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनीत

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:५७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ । अमरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि कठिन चुनावी प्रतिष्पर्धामा रहनु भएका ट्रम्पका लागि यो खुशीको खबर भने नर्वेबाट आएको हो । राष्ट्रपति निर्वाचन हुन दुई महिना बाँकी रहेका बेला उहाँको नाम प्रतिष्ठित नोबेल शान्ति पुरस्कारका लागि पठाइएको हो ।

यसरी नाम सिफारिश गर्नेमा नर्वोको एक दक्षिणपन्थी नेता क्रिस्चियन टायब्रिंग येद्दे हुनुहुन्छ । उहाँले नै ट्रम्पको नाम २०२१ को नोबेल पुरस्कारका लागि पठाउनुभएको बीबीसीले जनाएको छ । हालै इजरायल र यूएईबीच भएको शान्ति सम्झौतमा राष्ट्रपति ट्रम्पको भूमिका रहेको र यसैका लागि नोबेल शान्ति पुरस्कार दिनुपर्ने येद्देको तर्क छ ।

क्रिस्चियन टायब्रिंग येद्देले अमरिकी न्यूजÞ च्यानल फक्स न्यूजÞलाई दिएको अन्तर्वार्तामा नोेबेल शान्तिमा सिफारिश गरिएका अरु मानिसभन्दा ट्रम्पले धेरै राम्रो काम गरेको बताउनुभयो ।नोबेल शान्तिका लागि यस वर्ष ३१८ जनाको नाम सिफारिश गरिएको जनाइएको छ ।

अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरु थियोडर रुजवेल्टले सन् १९०६, वुड्रो विल्सनले १९२०, जिमी कार्टरले २००२ तथा बराक ओबामाले २००९ मा नोबेल शान्ति पुरस्कार पाइसक्नु भएको छ ।

प्रतिक्रिया