अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

विश्वभर २ करोड १ लाख ४७ हजार १ सय ९६ संक्रमित निको

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:३७ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड १ लाख ४७ हजार १ सय ९६ कोरोना भाइरसका बिरामी निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या २ करोड ८० लाख ७७ हजार ७० जना पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख ८ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७० लाख २० हजार ९ सय ८४ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६० हजार ५ सय ९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ६९ लाख ६० हजार ४ सय ७५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । कोरोना भाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख ५० हजार ९ सय ८४ जना संक्रमित भएका छन् भने १ लाख ९५ हजार २ सय ५९ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ४४ लाख ८२ हजार १ सय ७१ जना संक्रमित हुँदा ७५ हजार १ सय ९७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४१ लाख ९९ हजार ३ सय ३२ जना संक्रमित भएका छन् भने १ लाख २८ हजार ६ सय ५३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू