अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

निषेधाज्ञाको बेवास्ता गर्दै यातायात व्यवसायीहरु धर्नामा

बिआरटीनेपाल २०७७ भदौ २३ गते ६:४८ मा प्रकाशित

यातायात व्यवसायीहरुले विदेशबाट आउनेहरुलाई जिल्लासम्म पुर्याउन सार्वजनिक सवारी साधनको प्रयोग नगरेको भन्दै मंगलबार यातायात व्यवस्था विभागअगाडि धर्ना दिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आवद्ध व्यवसायीहरुले विदेशबाट आएका नेपालीलाई ‘होल्डिङ सेन्टर’बाट जिल्लासम्म पु¥याउन सस्तो भाडादर प्रस्ताव गरेपनि बेवास्ता गरिएको भन्दै धर्नामा बसेका हुन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई बेवास्ता गर्दै व्यवसायीहरु बबरमहलस्थित विभागको कार्यालयअगाडि धर्नामा बसेका हुन् । महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले देशभर सञ्चालनमा रहेका सबै कम्पनीहरुसँग समन्वय गरी सबै प्रदेशका सवारी साधनहरु सम्बन्धित प्रदेशमा जाने व्यवस्था गर्न माग गरिएको तर ‘सीसीएमसी’बाट बेवास्ता गरिएकोले धर्ना बस्न बाध्य भएको बताउनुभयो ।

होल्डिङ सेन्टरमा रहेका मानिसहरुलाई महँगो भाडादरमा यातायात व्यवसायीबाहेकका सवारी(साधनमार्फत् लग्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।सार्वजनिक यातायात व्यवसायीका सवारी(साधन प्रयोग गरेमा अहिलेको भाडादरभन्दा निकै कम दरमा गन्तव्यमा पुग्नसक्ने भएपनि सीसीएमसीले माफियाहरुको प्रभावमा यात्रुहरुलाई महँगो भाडादर तिर्न बाध्य पारेको रिजालले बताउनुभयो ।

व्यवसायीहरुले सम्बन्धित प्रदेशका सवारीहरु सम्बन्धित प्रदेशमै पठाउँदा आलोपालो निर्धारण गरेर सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेका छन् । कार्यक्षेत्रमा अनुचित ढंगले संकलन गरिएको व्यवस्थापकीय बाहेकका आर्थिक क्रियाकलाप बन्द गर्नसमेत उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू