अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

भारतमा कोरोना सङ्क्रमण बढ्दै, ब्राजिलमा भन्दा पनि धेरै सङ्क्रमित

बिआरटीनेपाल २०७७ भदौ २२ गते ६:४४ मा प्रकाशित

छिमेकी मुलुक भारत धेरै कोरोना सङ्क्रमित हुने मुलुकको सूचीमा ब्राजिललाई पनि उछिन्दै दोस्रो स्थानमा आइपुगेको छ । पछिल्लो २४ घण्टामा ९१ हजार ७२३ कोरोनाका नयाँ सङ्क्रमित थपिएसँगै भारत दोस्रो स्थानमा आइपुगेको हो ।

भारतमा एकैदिन थपिएको सङ्क्रमितको यो संख्या हालसम्मकै उच्च हो । अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने सङ्क्रमणदर घट्दै गएको छ । भारतमा भने सङ्क्रमण झन् बढ्दै गएको छ । कूल सङ्क्रमितको संख्यामा अब भारत भन्दा अगाडि अमेरिका मात्र रहेको छ ।

भारतमा कूल सङ्क्रमितको संख्या ४२ लाख माथी पुगेको छ । कोरानाका कारण ७१ हजार बढीको मृत्यु भइसकेको छ । भारतमा हालसम्म ३२ लाख ४७ हजार उपचारपछि निको भएको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू