अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोना भाइरसको सङ्क्रमणमुक्त, १ करोड ८९ लाख ५० हजार भन्दा बढी उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ २० गते ६:४८ मा प्रकाशित

विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् । कोरोना भाइरस सम्बन्धि तथ्याङ्क प्रस्तुत गरिरहेको वेवसाइट वल्डमिर्टसका अनुसार गत २४ घण्टामा अर्थात एकै दिन २ लाख २० हजार ५०५ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या १ करोड ८९ लाख ५० हजार ४ सय ५१ पुगेको छ । अहिले सम्म विश्वभर कोरोना भाइरसका सङ्क्रमित २ करोड ६७ लाख ७४ हजार ७ सय नाघेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एकै दिन थप ५ हजार ६४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ७९ हजार ६ सय ८४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू