अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

निहत्था अश्वेत अमेरिकीमाथि ज्यादती गर्ने ७ प्रहरी निलम्बित

बिआरटीनेपाल २०७७ भदौ १९ गते ७:१५ मा प्रकाशित

अमेरिकाको रोचेस्टर शहरका मेयर लभ्ली वारेनले एक निहत्था अश्वेत अमेरिकीलाई पक्राउ गर्ने क्रममा ज्यादती गर्ने सात प्रहरीलाई निलम्बन गर्नुभएको छ । पक्राउ गर्ने क्रममा प्रहरी ज्यादतीका कारण रोचेस्टरका अश्वेत अमेरिकी ड्यानिएल प्रुडकोे निधन भएको खबर बाहिरिएपछि मेयर वारेनले सात प्रहरी अधिकारीलाई निलम्बन गर्नुभएको हो ।

नगरकी न्यायाधीवक्ताले यस घटनाको अनुसन्धान गरिरहेको पनि वारेनले बताउनुभयो । मानसिक स्वास्थ्य समस्या भएका ड्यानिएललाई प्रहरीले नियन्त्रणमा लिने क्रममा निधन भएको थियो । पक्राउ गर्ने क्रममा मानिसहरुमाथि थुकिरहेका ड्यानियललाई त्यसबाट रोक्नका लागि प्रहरीले स्पिट हूड लगाएको थियो ।

सोही स्पिट हूडका कारण निसास्एिर उनको निधन भएको बताइएको छ । संस्थागत रुपमा रहेको रंगभेदकै कारण ड्यानिएलको निधन भएको पनि वारेनले बताउनुभयो । ४१ वर्षका ड्यानिएलको गएको मार्च ३० मै निधन भएको थियो । तर घटना भने अहिले मात्रै सार्वजनिक भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू