अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

चुनावअघि कोरोना खोप दिने अमेरिकाको योजना, वैज्ञानिकहरुद्वारा चिन्ता व्यक्त

बिआरटीनेपाल २०७७ भदौ १८ गते ६:१२ मा प्रकाशित

अमेरिकामा राष्ट्रपतीय चुनावअघि मानिसहरुलाई कोरोना भाइरसको खोप दिने योजनाले चिन्ता थपिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकामा आउँदो नोभेम्बर ३ मा चुनाव हुने तय भइसकेको हो । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले ५० राज्यका स्वास्थ्य अधिकारीहरुलाई नोभेम्बर १ देखि खोपको वितरणका लागि तयार रहन भनेको छ ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार गएको २७ अगस्टमा पठाइएको तीन दस्तावेजमा अज्ञात खोप वितरण गर्नको लागि विवरण दिइएको छ । दिशानिर्देशका अनुसार सबैभन्दा पहिलो खोप स्वास्थ्यकर्मीलाई, ६५ वर्षभन्दा माथिका उमेरका व्यक्ति र सङ्क्रमणको धेरै जोखिममा रहेको समुदायलाई दिइनेछ ।

अमेरिकामा धेरै खोपहरुको क्लिनिकल परीक्षण भइरहेको छ र केही खोप परीक्षणको अन्तिम चरणमा रहेको बताइएको छ । अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डाक्टर एन्थनी फाउची यदि खोपको परिणाम अत्यधिक सकारात्मक भए परीक्षणअघि नै खोप दिन सक्ने बताउनुभएको छ ।

तर अन्य वैज्ञानिकहरु भने सीडीसीको यो घोषणापछि राजनीति रहेको बताउँछन् । उनीहरुले अमेरिकी चुनाव र खोपको समयलाई लिएर चिन्ता व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू