अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 22:03

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु , ज्यान गुमाउनेको संख्या २ सय ७१ पुग्यो

बिआरटीनेपाल २०७७ भदौ १८ गते ५:५६ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ महिला र १० जना पुरुष रहेका छन्।

काठमाडौँमा ८२, ६७ र २२ वर्षीया महिला, चितवनमा ३५ वर्षीया महिला, सप्तरीका ५५–५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

यसैगरी, प्यूठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू