कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडां नम्बर १ मा पहिरोले पाँच वटा घर भत्किदा १२ जना पुरिएका छन् । गएराति गएको पहिरोका कारण वडां नम्बर १ का ललि नेपाली, मन्दिर कटुवाल, धनपति बिक लगाएतको भत्किदा १२ जना घरभित्रै पुरिएको स्थानियले बताएका छन् ।
एक जना बर्ष ५ का निराजन शाहीको शव निकालिएको छ । उनीहरु कोठा भाडामा बस्दै आएकाले कुन कोठामा कति जना भित्र थिए भन्ने एकिन हुन नसेको बताईएको छ । दुई जनाको भने जिबितै उद्धार गरेर उपचारका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबावु ओलीयाले सञ्चार सम्पर्क नभएकाले थप विवरण आउन नसकेको बताउनुभयो ।
जिल्लाबाट प्रहरी निरीक्षक यक्षराज जोसीको नेत्तृत्वमा टोलि घटनास्थल पठाएको बताउनुभयो । उहाँले ३५ बर्षिया पुन्ना शाहीको र अर्जुन हमालको जिबितै उद्धार गरीएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा जानकारी हुनासाथ प्रहरी इन्सपेक्टर यक्षराज जोशिको नेतृत्वमा उद्धार टोलि खटाइएको डिएसपी ओलियाले जानकारी दिनुभएको हो । सो क्षेत्रमा कर्णाली राजमार्गकै किनारका घरहरुमाथि पहिरो खसेकाले अहिले राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।