अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

मुलुकका सबै स्थानीय तहमा ५ शैयाको अस्पताल

बिआरटीनेपाल २०७७ भदौ १२ गते ७:५१ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयले सबै स्थानीय तहमा ५ शैयाकोे अस्पताल तुरुन्तै सञ्चालन ल्याउने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै सबै स्थानीय तहका स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरूमा ५ शैयाकोे अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गर्नुभएको हो । मन्त्रालयले त्यसका लागि आवश्यक बजेट ६४ करोड पनि आजै निकासा गरेको छ ।

स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा सञ्चान हुने अस्पतालका लागि एक एमबीबीएस चिकित्सक र दुई जना नर्स मन्त्रालयले पठाइदिने र अन्य आवश्यक पर्ने कर्मचारी स्थानीय तहबाटै व्यवस्था गर्ने समेत निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू