अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

बीपी प्रतिष्ठानका सबै नर्सहरु आन्दोलित

बिआरटीनेपाल २०७७ भदौ ९ गते ७:३२ मा प्रकाशित

सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् ।प्रतिष्ठान व्यवस्थापन पक्षले बिरामीको उपचारमा खटिएका नर्सहरुलाई स्वास्थ्य सामग्री र भत्तासमेत नदिएको भन्दै मंगलबारदेखि सबै नर्सहरु आन्दोलित भएका हुन् ।

आन्दोलनमा उत्रिएका नर्सहरुले प्रतिष्ठान व्यवस्थापनविरुद्ध नाराबाजी गर्दै आफ्नो जीवनरक्षाकोसमेत माग गरेका छन् ।डिउटीमा खटिएका नर्सहरुलाई पीपीई, मास्क, पञ्जा नदिएको, वर्ष दिनदेखि वृद्धि भएको तलब र कोरोना भत्ता नदिएको, संक्रमित बिरामीको सम्पर्कमा आएका नर्सहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

पटक पटक आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गर्दा प्रतिष्ठानका पदाधिकारीहरुले बेवास्ता गरेका कारण बाध्य भएर धर्नामा उत्रनुपरेको नर्स सफला बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू