अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

लेबनानमा सरकार विरोधी प्रदर्शन, राजनीतिक परिवर्तनको माग

बिआरटीनेपाल २०७७ साउन २३ गते ०:०३ मा प्रकाशित

लेबनानको राजधानी बेरुतमा सरकार विरोधी प्रदर्शन चर्किएको छ । गत मंगलवार भएको विध्वंशकारी विष्फोटपछि सरकार विरुद्धको असन्तुष्टी र आक्रोश सडकमा पोखिएको हो ।प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ । कैंयौं प्रदर्शनकारीले लेबनानमा राजनीतिक परिवर्तनको समय आएको बताएका छन् ।

विष्फोटपछि लेबनानका एक जना सांसद र एक जना राजदुतले राजिनामा दिएर परिवर्तनको पक्षमा लाग्ने बताईसकेका छन् । घटनाको छानविनका लागि १६ जना सरकारी अधिकारी पक्राउ परेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले बेरुतको भ्रमण गरेलगत्तै सुरु भएको प्रदर्शनलाई अर्थपूर्ण मानिएको छ ।

म्याक्रोले बेरुतको पुर्ननिर्माणमा सघाउन फ्रान्स तयार रहेको जनाउँदै त्यस अघि सार्थक परिवर्तनको आवश्यकता औल्याउनुभएको थियो ।उहाँले विष्फोटबारे अन्तराष्ट्रिय छानविन हुनुपर्नेमा समेत जोड दिनुभएको थियो । राजधानी बेरुतमा गत मंगलवार २७ सय ५० टन एमोनियन नाईट्रेट अवैध तरिकाले भण्डारण गरिएको गोदाममा विष्फोट हुँदा कम्तिमा १ सय ३७ जना मारिएका छन् ।

५ हजारभन्दा बढी घाईते भएका छन् भने ५० भन्दा बढी व्यक्तीहरु अझैपनि वेपत्ता छन् । विष्फोटले बेरुतको एउटा जिल्ला पूर्णरुपले ध्वस्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू