अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

यी हुन नेपालमा ठगी धन्दा चलाउने अमेरिकन नागरिक

बिआरटीनेपाल २०७७ साउन १९ गते २२:०७ मा प्रकाशित

काठमाडौं, २० साउन । अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय डानियल लि म्याकगीलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित भक्तपुर सूर्यबिनायक नगरपालिका-६ घर भएका टुक नारायण श्रेष्ठको एटलास सेक्युरिटी प्राईभेट लिमिटेडलाई अमेरिकामा दर्ता गरी पार्टनर बनाउँछु भनी १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएकाे छ ।

उनले अन्य २ जनालाई बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही ५ लाख रुपैयाँ ठग्ने प्रयास गर्दागर्दै उक्त महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको हो । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू