अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:४४ मा प्रकाशित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि उचालेको छ । सम्पन्न फाईनलमा लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि उचालेको हो । अन्तिम पटक आयोजित लिग कपको फाईनल खेल गोल रहित बराबरीमा सकिएको थियो ।

गत अप्रिलमा फ्रान्सको घरेलु फुटबल बन्द गरेपछि यो दोस्रो औपचारिक खेल थियो । पीएसजीले सेन्ट ईटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जितेको थियो । खेलको अतिरिक्त समयमा लियोनले राम्रो खेल प्रर्दशन गरेको थियो । पीएसजीले यसअघिनै सुपर कप, फ्रेन्च कप र लिग वानको उपाधि उचालिसकेको छ ।

प्रतिक्रिया